क्यान्सर (अर्बुद रोग/ Cancer)
- उमेर : जति जति उमेरमा वृद्धि हुन्छ उति नै क्यान्सर हुने सम्भावनामा वृद्धि हुन्छ ।
- जीवनशैली :
- धुम्रपान– धुम्रपान ले क्यान्सर को जोखिम लाई बढाउँछ । धुम्रपान का कारण फोक्सो को क्यान्सर, मुखको क्यान्सर, टाउको र घाँटीको क्यान्सर हुने सम्भावना हुन्छ ।
- रक्सी सेवन– रक्सी सेवनले टाउको तथा घाँटीको क्यान्सर, श्वासनलीको क्यान्सर, कलेजो काे क्यान्सर र कोलोरेक्टल क्यान्सर को सम्भावना अधिक हुन्छ ।
- असुरक्षित तवर ले गरिने वा अल्पवय मा हुने यौन क्रिया– यसले पाठेघर काे मुख मा हुने क्यान्सर (cervical cancer) को सम्भावना बढाउँछ ।
- खानपान तथा पोषण– अधिक मात्रामा कोलेस्टेरोलयुक्त खानपान, धुवाँमा पोलिएका खानेकुरा, मोटाई तथा निष्क्रिय जीवन पनि क्यान्सरका उत्प्रेरक कुरा हुन् ।
- विकिरणको संसर्ग : सूर्यबाट आएका विकिरण वा क्यान्सर को उपचार का क्रम मा हुने विकिरण तथा एक्सरे आदि काममा हुने विकिरण ले रगत, ग्रन्थि र थाइराेइड को क्यान्सर को सम्भावना बढाउँछन् ।
- वातावरण :
- व्यावसायिक रुप मा उत्पादन गरिने एस्बेस्टस, बेन्जिन, पेष्टिसाइड, विकिरण जस्ता क्यान्सर कारक तत्वसँगको लामो सम्पर्क
- अरुले निकालेको चुरोटको धुवाँसँग हुने सम्पर्क
- वायु प्रदूषण
- संक्रमण : प्यापिलोमा भाइरस, हेपाटाइटिस बी जस्ता रोगहरुको संक्रमण
- रोगहरु : कोलाइटिस, लिभर साइरोसिस, एचआइभी एड्स
- हर्मोन सम्बन्धी उपचार
- क्यान्सर भएको वंशानुगत इतिहास : परिवार का कुनै सदस्य लाई क्यान्सर भएकाे छ भने रगत को नाता भएकाे अर्काे सदस्य लाई पनि तेस्तै क्यान्सर हुने सम्भावना बढी हुन्छ ।
- स्पष्ट कारणविना शारीरिक तौल घट्नु
- बिना कारण को थकान
- भोक नलाग्नु
- शरीरको कुनै भाग फुल्नु वा गाँठो देखिनु
- छालाको रोगनमा परिवर्तन आउनु
- स्पष्ट कारणविना हुने रक्तस्राव वा नीलडाम
- कब्जियत को समस्या रहिरहनु वा पातलो दिसा भइरहनु
- खोकी लाग्नु वा श्वासप्रश्वासमा कठिनाई हुनु
- निल्न गाह्राे हुनु वा सजिलै पाचन नहुनु
- मुखभित्र घाउ सजिलै सञ्चो नहुनु
- स्पष्ट कारणविना ज्वरो आउनु तथा रातीमा पसिना आउनु
- आवाज बस्नु (आवाज ननिस्कनु)
- दिसा, पिसाब मा रगत देखिनु, पिसाब गर्न गाह«ो हुनु
- योनि बाट असामान्य तवरले रक्तस्राव हुनु
- शरीर मा मुसा वा कोठी देखिनु अथवा मुसा वा कोठी को आकार मा परिवर्तन हुनु
- रक्त परीक्षण
- छायाचित्र (इमेजिंग) : एक्स रे, अल्ट्रासाउण्ड, सीटी स्क्यान, एमआरआई
- इन्डोस्कोपी, ब्रोन्कोस्कोपी, सिस्टोस्कोपी इत्यादि
- अस्थिमज्जा परीक्षण, ढाडबाट मेरुदण्डको पानी निकालेर परीक्षण
- बायोप्सी परीक्षण : क्यान्सर प्रभावित अंगबाट केही नमूना लिएर त्यसलाई सूक्ष्मदर्शक यन्त्रबाट जाँच
- स्तन क्यान्सर : स्वयंले छामेर वा म्यामोग्राम परीक्षणबाट
- पाठेघर को मुख को क्यान्सर : पप स्मीयर परीक्षणबाट
- कोलोन क्यान्सर : कोलोनोस्कोप, सिग्मोइडोस्कोप आदि बाट आन्द्राको भित्ताको अध्ययन गरेर
- प्रोस्टेट क्यान्सर : भौतिक परीक्षण तथा रगत मा पिएसए को मात्रा जाँचबाट
- फोक्सोको क्यान्सर : कम डोजको सीटी स्क्यान मानिने विशेष प्रकारको एक्स रे
- डिम्बग्रन्थीमा हुने क्यान्सर : रक्त परीक्षण तथा अल्ट्रासाउण्ड
- सामान्यतया क्यान्सर उपचारका तीन किसिमका विकल्पहरु छन् र तिनीहरु आवश्यकता अनुसार संयुक्त रुपमा प्रयोगमा ल्याइन्छन् :
- शल्यक्रिया : यसमा क्यान्सर लागेको भागलाई शल्यक्रियाद्वारा काटेर निकालिन्छ ।
- केमोथेरापी : यसमा डाक्टरहरुले विशेष प्रकारका औषधि को प्रयोग गरेर क्यान्सर प्रभावित कोषहरुलाई मार्ने र पुनर्वृद्धि हुन नदिने काम गर्दछन् ।
- विकिरण चिकित्सा : यसमा क्यान्सर लागेका अंगमा शक्तिशाली किरणहरु पठाएर क्यान्सर प्रभावित कोषहरु लाई मार्ने र पुनर्वृद्धि हुन नदिने काम गरिन्छ ।
- अस्थिमज्जा (Bone marrow) : प्रत्यारोपण, हर्मोन चिकित्सा, प्रतिरक्षा प्रणाली चिकित्सा तथा अन्य विशेष प्रविधि (जस्तै- ट्युमर को रक्तप्रवाह रोकिदिनु) जस्ता नवीन चिकित्सा पद्धतिहरु को समेत प्रयोग गर्न थालिएको छ ।
- सहायक उपचार : दुखाई कम गर्ने औषधि तथा अन्य उपचार, पोषणको सहारा, मनोरञ्जनपूर्ण उपचार आदि
परिचय :
क्यान्सर लाई नेपाली मा अर्बुद रोग पनि भनिन्छ । क्यान्सर भनेको कोषहरुको असन्तुलित र अवाञ्छित वृद्धि हुनु हो । मृत कोषहरुलाई प्रतिस्थापन गर्न र अङ्ग वृद्धि गर्नका लागि कुनै पनि स्वस्थ अङ्गका कोषहरु नियमित र नियन्त्रित रुपमा विभाजित र वृद्धि हुने काम भइरहेको हुन्छ । जब यी कोषहरु अनियन्त्रित रुपले विभाजित भएर द्रूत गतिमा वृद्धि हुन थाल्छन् तब यिनै कोषहरुबाट अवाञ्छित गाँठो वा ट्युमरको जन्म हुन्छ । यस्ता असामान्य कोषहरुको झुण्डले आफ्ना वरिपरिका अन्य कोषहरुलाई आघात पुर्याउने र शरीरका अन्य भागमा पनि प्रसारित हुने सम्भावना हुन्छ । यिनै ट्युमरहरुलाई क्यान्सर भनिएको हो । तर यस किसिमको वृद्धि यदि वरिपरि आघात नगर्ने खालको र अन्य भागमा नफैलिने खालको रहेछ भने त्यसलाई बिनाइन ट्युमर भनेर चिनिन्छ जुन क्यान्सर हाेइन ।
क्यान्सर शरीरको कुनै पनि भागमा हुन सक्छ । शुरुमा जुन भागमा क्यान्सरको जन्म भएको हुन्छ त्यसलाई प्राथमिक क्यान्सर भनिन्छ । जब क्यान्सर उद्गमस्थलबाट अरु अङ्गहरुमा प्रसारित हुन्छ त्यसलाई क्यान्सर फैलिएकाे भनिन्छ । क्यान्सर प्राथमिक स्थानबाट अन्यत्र फैलिएपछि प्रायजसो तेसको उपचार गर्न सकिँदैन । रोग निदान र उपचार का विकल्पहरु ले क्यान्सर को उद्गमस्थल, ट्युमरको आकार र विस्तार सँग सम्बन्ध राख्छन् ।
क्यान्सर का कारणहरू :
जब डीएनए नामक गुणसूत्रमा भएका जेनेटिक संरचनाहरुमा अवाञ्छित परिवर्तन अथवा उत्परिवर्तन (म्यूटेशन) देखा पर्छ तब त्यसले क्यान्सर जन्माउने सम्भावना हुन्छ । यस प्रकारका उत्परिवर्तनहरु वंशानुगत रुपमा सर्दै जाने सम्भावना पनि रहन्छ । यसरी उत्परिवर्तन हुँदैमा त्यसले क्यान्सर नै हुन्छ भन्ने हुँदैन । तर त्यसका कारण यदि तपाईं अन्य क्यान्सरलाई प्रश्रय दिने खालका जोखिमयुक्त कुराहरुको सम्पर्कमा हुनुभयो भने तपाईंलाई क्यान्सर हुने प्रबल सम्भावना हुन्छ । कतिपय अवस्थाहरुमा क्यान्सरका कारक तत्वहरु थाहा पाउन सकिँदैन ।
जोखिमयुक्त कारकहरू :
लक्षणहरु :
अन्तिम अवस्थामा नपुगुञ्जेल क्यान्सरले कुनै लक्षण देखाउँदैन र जब देखाउँछ त्यो पनि स्पष्ट किटान गर्न सकिने खालको हुँदैन । प्राथमिक अवस्थाका संकेत र लक्षणहरु क्यान्सर प्रभावित अंगसँग सम्बन्ध राख्ने खालको हुन्छ । केही सामान्य लक्षणहरुलाई यसप्रकार उल्लेख गर्न सकिन्छ :
निदान :
यदि तपाईंलाई आँफूमा माथीका मध्ये कुनै लक्षण भएको आभास छ र चिन्तित हुनुहुन्छ भने डाक्टरको सल्लाह लिनुहोस् । डाक्टरले तपाईंमा देखिएका कुनै पनि असामान्य लक्षणको जाँचपडताल गर्ने छन् र थप विभिन्न किसिमका परीक्षणहरु गर्न लगाउने छन् । यी परीक्षणहरु सम्भावित क्यान्सर प्रभावित अंगका आधारमा तय गरिने छन् । यी जाँचहरु तपाईंको नियमित परीक्षणका समयमा पनि गर्न सकिने छन् ।
प्रायोगिक (Screening) परीक्षण :
कतिपय क्यान्सरहरु स्वस्थ छँदै विभिन्न किसिमका परीक्षणबाट पत्ता लगाउन सकिन्छ । क्यान्सर का लक्षण देखिनुभन्दा अगाडी समय समय मा गरिने परीक्षणका माध्यमले पत्ता लगाउन सकिने क्यान्सरहरु यस प्रकार छन् :
उपचार :
क्यान्सर को उपचार क्यान्सर को प्रकार, आकार, प्रभावित अंग तथा विस्तारका आधारमा गरिन्छ । उपचारको मुख्य लक्ष्य भनेकै प्रारम्भिक अवस्थामा भएको भए सो क्यान्सरलाई निर्मूल पार्नु हो भने दोस्रो चरणमा प्रवेश गरिसकेको भए त्यसको विस्तारलाई रोक्नु र पीडालाई कम गर्नु हो ।
नियमित पुनर्परीक्षण (अनुगमन) :
एकपल्ट क्यान्सर लागेको पत्ता लागिसके पछि तपाईं नियमित रुपमा पुनर्परीक्षण का लागि डाक्टर कहाँ जानु आवश्यक हुन्छ । यस किसिमको पुनर्परीक्षण मा बितेका कुराको समीक्षा गर्नु, भौतिक जाँच गर्नु र आवश्यक परीक्षणहरु गर्नु आदि कुराहरु पर्दछन् । पुनर्परीक्षण को उद्देश्य नै क्यान्सर को अवस्था पत्ता लगाउनु, नियन्त्रण गर्नु र अन्य अंगमा भएका प्रारम्भिक क्यान्सर का लक्षणहरु को खोजी गर्नु तथा भइरहेका समस्याहरु को निराकरण तथा क्यान्सर का कारण उत्पन्न शारीरिक र मानसिक आघात लाई न्यूनीकरण गर्नु हो । यसका साथै डाक्टरले तपाईंलाई बेला बेलामा खानपान, पोषण, प्रजनन क्षमता, दुखाईको सहजीकरण इत्यादि सँगै जीविका निर्वाह सम्बन्धी तौरतरीका का बारे मा पनि सल्लाह दिन्छन् ।
रोकथाम :
समुचित जीवनशैली तथा रोग लाग्नु अगावै गरिने सावधानी ले क्यान्सर हुने सम्भावना मा ३३ प्रतिशत कमी ल्याउँछ भने क्यान्सर बाट हुने मृत्युलाई पनि घटाउँछ । माथी क्यान्सर का कारक तत्वहरु का बारेमा चर्चा गरिएका धुम्रपान, रक्सी सेवन, पोषण रहित भोजन, निष्क्रिय जीवनशैली, मोटापा जस्ता कुराहरु बाट जोगिन सक्नुभयो भने पनि आँफूलाई क्यान्सर बाट केही हदसम्म मुक्त गराउन सक्नुहुन्छ । नियमित रुपमा गरिने स्क्रिनिंग परीक्षण तथा प्रारम्भिक अवस्था मै क्यान्सर को पहिचान पनि क्यान्सर बाट जोगिने उपायहरु हुन् । पाठेघर को मुख को क्यान्सर बाट जोगिनका लागि यदि तपाईं रहेको स्थानमा खोप उपलब्ध भएमा सो उपयोग गर्न सक्नुहुन्छ ।
सम्बन्धित शीर्षकहरु :
Tumors, breast cancer, lung cancer
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्