- गरीबी ।
- छोरा र छोरी का बीच भेदभाव ।
- सानै उमेर मा गर्भवती हुनु ।
- बच्चा लाई लामो समय स्तनपान गराउन नखोज्नु ।
- अज्ञानता ।
- स्वच्छता को अभाव ।
- धार्मिक अन्धविश्वास ।
- विभिन्न किसिम का रोगहरु को संक्रमण ।
- अत्यधिक मादक पदार्थ सेवन तथा पाचन विकार ।
- अल्पपोषण (undernutrition) : यदि शरीर लाई पर्याप्त मात्रा मा पोषक तत्व प्राप्त भएन भने अल्पपोषण हुन्छ । एसका कारण ऊचाई तथा तौल मा कमी, अत्यधिक दुब्लोपना, रक्ताल्पता, रतन्धो जस्ता समस्याहरु देखा पर्छन् । ऊचाई को हिसाब ले तौल कम हुनु पनि अल्पपोषण कै एउटा लक्षण हो । अल्पपोषण हुँदा देखिने केही लक्षणहरु यसप्रकार छन्-
- मन विभिन्न चिन्ता ले आकुल हुनु ।
- कुनै पनि सर्जरी पछि छिटो तंग्रिन नसक्नु ।
- असामान्य रुप ले शरीर को तापक्रम घट्नु ।
- बढ्ता जाडो को अनुभव हुनु ।
- घाऊ चोटपटक ठीक हुन धेरै समय लाग्नु ।
- यौन उत्तेजना कम हुनु ।
- बढ्ता थकान को महसूस हुनु ।
- अधिपोषण (overnutrition) : यदि शरीर लाई चाहिने भन्दा बढ्ता पोषक तत्व प्राप्त भयो भने अधिपोषण हुन्छ । एसका कारण भुँडी लाग्नु, उचाई का तुलना मा धेरै वजन हुनु, स्ट्रोक, मधुमेह, घुँडा दुख्ने जस्ता समस्याहरु देखा पर्छन् । अधिपोषण हुँदा देखिने केही लक्षणहरु एसप्रकार छन्-
- घुँडा दुख्ने समस्या देखिनु ।
- मुटु सम्बन्धी समस्या हुनु ।
- चिनी रोग देखिनु ।
- बढ्ता अल्छी लाग्नु ।
- स्ट्रोक हुने सम्भावना बढ्नु ।
परिचय :
खराब (कु) पोषण लाई कुपोषण भनिन्छ । खराब पोषण मा दुई वटा कुरा आउँछन् १) लामो समयसम्म शरीरलाई आवश्यक पोषक तत्व को कमी हुनु र २) लामो समयसम्म शरीर लाई चाहिने भन्दा बढ्ता पोषण मिल्नु । अर्थात् लामो समयसम्म प्रोटीन, कार्बोहाइड्रेट, चिल्लो पदार्थ, भिटामिन र खनिज को सन्तुलित आपूर्ति नहुनुलाई कुपोषण भनिन्छ । विभिन्न तथ्यांक अनुसार नेपाल मा बालबालिकाहरू लाई हुने रोगको प्रमुख कारण कुपोषण नै हो । जसका कारण नेपाली बालबालिकाहरूको शारीरिक तथा मानसिक विकास प्रभावित भएको छ । यसरी कुपोषणको सिकार हुनेमा दुई वर्षमुनिका बालबालिकाहरूको संख्या सर्वाधिक देखिएको छ । स्मरणीय छ, शारीरिक विकासका दृष्टिकोणले बालबालिकाको मस्तिष्कलगायत अन्य प्रमुख अंगहरूको ८० प्रतिशत विकास दुई वर्षको उमेरसम्ममा भैसकेको हुन्छ । मस्तिष्कलगायत अन्य प्रमुख अंगहरूको सही विकासका लागि बालबालिकाको पोषण स्थिति राम्रो हुनु आवश्यक मानिन्छ ।
संसारमा जति पनि रोगहरू छन् ती मध्ये धेरैको कारक तत्त्व कुपोषण हो। कुपोषण का कारण ले मानिस मा पुड्कोपन देखिन सक्छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ले अघिल्लो वर्ष गरेको अध्ययन अनुसार नेपाल मा ७१ प्रतिशत किशोर र ५९ प्रतिशत किशोरी मा कुपोषण को समस्या देखिएको छ । यो समस्या ले ३२ प्रतिशत शहरी मानिस प्रभावित छन् भने ४० प्रतिशत ग्रामीण । अध्ययन अनुसार सरसफाई को पूर्वाधार र चर्पीको पहुँच नभएका किशोरकिशोरीमा कुपोषण को जोखिम बढ्ता छ । फलफूल र तरकारीको नियमित सेवन नगर्ने किशोरकिशोरी मा रक्तअल्पता देखिएको छ । बढ्ता पोषण हुँदा शरीर मा प्रोटीन को मात्रा बढ्न गई रगत मा युरिक एसिड को मात्रा अधिक हुने समस्या उत्तिकै बढ्दो छ । फोहर पर्यावरण तथा विषादियुक्त खानेकुरा ले पनि कुपोषण को समस्या निम्त्याउँछ ।
विश्व स्वास्थ्य संगठन का अनुसार विश्वव्यापी रुप मा पाँच वर्ष मुनिका १५ करोड ५० लाख बालबालिका कुपोषण का कारण ले पुड्का छन् । ५ करोड २० लाख बालबालिका उचाइअनुसार तौल नपुगी ख्याउटे छन् र १ करोड ७० लाख मा कडा ख्याउटेपन देखिएको छ ।
कुपोषण का कारणहरु
कुपोषण को प्रमुख कारण भनेकै खानपान मा असन्तुलन हो । के कारण ले खानपान मा असन्तुलन हुन्छ भन्ने बारे मा तल केही बुँदा मा उल्लेख गरिएको छ-
कुपोषण का लक्षणहरु
कुपोषण का लक्षणहरु लाई मुख्यतः दुई भाग मा बाँडेर हेर्न सकिन्छ-
कुपोषण ले जोखिम हुने अवस्थाहरु
१ डेमेन्शिया का बिरामी को बढ्दो उमेर ।
२ दाँत सम्बन्धी समस्याहरु ।
३ भोक नलाग्नु ।
४ खानपीन मा असावधानी ।
५ गम्भीर किसिम को संक्रमण ।
६ कुनै अंग मा हुने कमजोरी ।
७ बढ्ता मोटोपन र स्ट्रोक को समस्या ।
कुपोषण को निदान
कुपोषण को निदान का लागि विभिन्न स्वास्थ्य परीक्षणहरु गरिन्छन् जसले कुपोषण को कारण पत्ता लगाउन समेत मद्दत गर्दछन् । ती परीक्षणहरु एस प्रकार छन् –
१ बीएमआई इण्डेक्स – यसमा बिरामी को तौल (किलोग्राम) लाई बिरामी को उचाई (मीटर) ले दुई पटक भाग गरिन्छ । यसरी निस्केको संख्या १८.५ देखि २५.५ का बीच भयो भने तेसले कुपोषण नभएको संकेत गर्दछ । १८.५ देखि जति कम भयो उति नै कुपोषण एवं २५.५ देखि जति उच्च भयो उति नै अधिपोषण भएको मानिन्छ ।
२ रगत को परीक्षण – रक्त परीक्षण ले पनि शरीर मा भएको रगत को कमी, भिटामिन तथा मिनरलहरु को स्तर, पानी को कमी, चिनी को मात्रा आदि पत्ता लगाउन मद्द मिल्दछ । यसरी रक्त परीक्षण गर्दा रगत मा कुन कुरा को कमी छ भन्ने पत्ता लाग्नु सँगै त्यसको कमी हुनुले कस्तो किसिम को कुपोषण भएको हो त्यो जानकारी पाइन्छ ।
कुपोषण को उपचार
१ गम्भीर खाल को कुपोषण मा बिरामी लाई अस्पताल मै भर्ना गरेर नशा बाट रगत, ग्लुकोज तथा विभिन्न मिनरल दिइन्छ ।
२ सामान्य कुपोषण को अवस्था मा बिरामी ले खाने कुराहरु र मात्रा को निर्धारण गरी सोही अनुरुप जीवन शैली बनाउन सल्लाह दिइन्छ ।
३ कुपोषण मा अन्तर्निहित समस्या को निदान गरे पछि रक्ताल्पता मा आइरन चक्की, प्रोटीन को कमी मा प्रोटीन का पूरक ह्वे केजीन आदि, मिनरल को कमी हुँदा मिनरल तथा मल्टीभिटामिन का चक्कीहरु दिने गरिन्छ ।
कुपोषण रोकथाम का उपायहरु
१ गर्भावस्था देखि नै हुर्कँदै गरेको बच्चा को सन्तुलित विकास होस् भन्ने हेतु ले गर्भवती आमा ले पर्याप्त पोषणयुक्त सन्तुलित आहार सेवन गर्नु ।
२ बच्चा लाई कम्तीमा पनि दुई वर्षसम्म आमा कै दूध खुवाउनु ।
३ खानपान सम्बन्धी ज्ञान हासिल गर्नु र सन्तुलित तथा नियमित भोजन लिनु ।
४ सरसफाई मा ध्यान पुर्याउनु ।
५ छोराछोरी मा कुनै भेदभाव
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्