- क्षयरोग : फोक्सो मा भएको क्षयरोग का कारण श्वासप्रश्वास मा बाधा उत्पन्न भई सास फेर्न कठिन हुनु सँगै खोक्दा कफ मा रगत देखिने सम्भावना हुन्छ ।
- निमोनिया : कफ मा रगत आउने अर्को कारण लामो समय देखि निको नभएको निमोनिया पनि हो । निमोनिया मा फोक्सो का टिस्स्यूहरु सुन्निने फोक्सो मा पानी जम्ने जस्ता समस्या हुन्छन् । फलस्वरुप फोक्सो को भित्री सतह कमजोर हुन गई कहिलेकाहीं अकस्मात् च्यातिएर थूक मा रगत देखिन सक्छ ।
- ब्रोन्काइटिस : लामो समय देखि निको नभएको ब्रोन्काइटिस का कारण श्वासनली सुन्निने र फुट्ने समस्या हुन सक्छ । तेसरी श्वासनली फुट्दा थूक वा कफ मा रगत मिसिएर आउन सक्छ ।
- ब्रोङ्कियाक्ट्यासिस : फोक्सो भित्र रहेका ससाना श्वासनलीहरु स्थायी रुप मा फुक्नु लाई ब्रोङ्कियाक्ट्यासिस भनिन्छ । कुनै संक्रमण का कारण हुने यो समस्या ले श्वासनली लाई कमजोर पार्दै लान्छ र समय समय मा ती श्वासनलीहरु फुट्ने र मुख को बाटो रगत निस्कने हुन सक्छ ।
- फोक्सो को क्यान्सर : ४० वर्ष नाघेका धूमपान गर्ने व्यक्ति मा फोक्सो को क्यान्सर हुने सम्भावना पनि उत्तिकै हुन्छ । फोक्सो को क्यान्सर ले बेला बेला खोकी लागिरहने नाथ्री फुट्नु वा गिँजा को रोग का कारण वा मुख मा घाऊ हुनु आदि बाट बगेको रगत निलिन गए पछि भएको बान्ता मा रगत देखिन सक्छ ।
- घाँटी को क्यान्सर : घाँटी को क्यान्सर का कारण श्वासनली सुन्निने र श्वासनली को सतह को झिल्ली पातलो हुने हुँदा कुनै पनि दवाव ले च्यातिन गई रगत निस्कने हुन सक्छ ।
- COPD : अर्थात् Chronic Obstructive Pulmonary Disease मा पनि श्वासप्रश्वास मा बाधा उत्पन्न भई खोक्दा कफ मा रगत देखिने सम्भावना हुन्छ ।
- छाती दुख्नु ।
- कमजोरी हुनु ।
- सास फेर्न अपठेरो हुनु ।
- स्याँ स्याँ हुनु । श्वासप्रश्वास को गति छिटो हुनु ।
- रगत बढ्ता गएको खण्ड मा बेहोश हुनु ।
- दृष्टि तिरमिराउनु ।
- हृदय को धडकन तिब्र हुनु ।
- कफ को जाँच : एसले कफ मा क्षयरोग का कीटाणु भए नभएको निर्क्यौल गर्न सघाऊ पुग्नु सँगै अन्य संक्रमण पत्ता लगाउन सजिलो हुन्छ ।
- ब्रोन्कोस्कोपी : श्वासनली मा क्यामेरा पठाएर गरिने यो जाँच ले श्वासनली मा संक्रमण भए नभएको यकीन गर्न सघाऊ मिल्छ । यदि श्वासनली बाट रगत आइरहेको छ भने सो ठाउँ मा सोझै रगत रोक्ने काम पनि एसै यन्त्र को सहायता ले गर्न सकिन्छ ।
- सीटी स्क्यान (CT Scan)
- इन्डोस्कोपी (Endoscopy)
- अल्ट्रासाउण्ड (Ultrasound)
- एक्स रे (X-ray)
- एमआरआई (MRI)
- मुख्य गरेर जुन रोग का कारण कफ वा थूक मा रगत देखिएको हो सो को उपचार गर्ने।
- श्वासनली बाट रगत आइरहेको भए ब्रोन्कोस्कोपी को सहायता ले रक्तस्राव बन्द गर्ने तथा त्यहाँ भएको जमेको रगत सफा गर्ने काम गर्ने ।
- स्टेर्वाइड को प्रयोग गर्ने ।
- एन्टिबायोटिक को प्रयोग गर्ने ।
- केमोथेरापी वा रेडियोथेरापी को सहायता लिने । इत्यादि ।
परिचय :
खोक्दा हाच्छ्यूँ गर्दा वा एत्तिकै पनि थुक मा रगत देखियो भने त्यो सँग अनेक समस्या सम्बन्धित हुन सक्छन् । फोक्सो तथा फोक्सो सँग सम्बन्धित अंगहरु मा भएको समस्या का कारण मुख बाट रगत आएको हो भने तेसलाई हेमोप्टाइसिस (Hemoptysis) भनिन्छ । तर पाचन प्रणाली सँग सम्बन्धित भएर रगत आउने समस्या लाई हेमाटिमेसिस (Hematemesis) भनिन्छ । हेमाटिमेसिस र हेमोप्टाइसिस का बीच को अन्तर बिर्सनु हुँदैन ।
खोक्दा कफ मा रगत आउनु लाई हामी प्रायः क्षयरोग को संकेत ठान्ने गर्छौं । तर केवल क्षयरोग मात्रै तेसको कारण नहुन सक्छ । क्षयरोग बाहेक श्वासनली मा भएको समस्या, ब्रोङ्काइटिस, दम आदि मा पनि कफ मा रगत देखिन सक्छ ।
कारण
कफ मा रगत आउनुका पछाडी अनेक कारण हुन सक्छन् । ती मध्ये केही कारणहरु तल दिइएका छन् –
लक्षण
कफ मा रगत देखिनुका पछाडी अनेक कारण हुने हुँदा लक्षण पनि सोही कारण मुताबिक देखिन्छ । प्रायः माथी लेखिएका कारणहरु मा निम्न लक्षणहरु साझा रुप मा देखिन सक्छ –
रोग को निदान
प्रथमतः डाक्टर ले रगत आएको ठाउँ निश्चित गर्ने छन् । मुख वरपर रहेको घाऊ, गिँजा को समस्या वा नाथ्री फुटेको अवस्था हो होइन पत्ता लगाउने छन् । तत्पश्चात् पाचन संयन्त्र सँग सम्बन्धित समस्या होइन भन्ने कुरा को निश्चय गर्ने छन् । बिरामी का लक्षणहरु र बिरामी ले बताएको अनुभव डाक्टर का लागि रोग निदान गर्न सहायक सिद्ध हुने छन् । डाक्टर ले रोग यकीन गर्न का लागि विभिन्न किसिम का जाँच गराउने छन् –
उपचार
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्