- टाउको तथा मांसपेशी दुख्नु ।
- थकान को अनुभूति हुनु ।
- दिनदिनै वा दिन बिराएर उस्तै समय मा चर्को ज्वरो आउनु तथा बेलाबेला मा एकदमै जाडो भए झैं कम्प हुनु ।
- शरीर का जोर्नोहरु दुख्नु ।
- कलेजो सुन्निनु तथा दुख्नु ।
- वाकवाकी लाग्नु र वान्ता हुनु ।
- रक्ताल्पता को लक्षण देखिनु ।
- फल्सिपरम का कारण भएको मलेरिया मा बेहोशी को लक्षण पनि देखिने गर्छ ।
- बिरामी मा मानसिक भ्रम देखिनु ।
- बेला बेला मा बेहोश हुनु ।
- पिसाब थोरै लाग्नु र पिसाब को रंग खैरो हुनु ।
- सास फेर्न मा कठिनाई हुनु ।
- रगत वान्ता हुनु ।
- प्लाज्मोडियम भाइभ्याक्स, Plasmodium vivax
- प्लाज्मोडियम मलेरी, Plasmodium malariae
- प्लाज्मोडियम ओभेल, Plasmodium ovale
- प्लाज्मोडियम फल्सिपरम, Plasmodium falciparum
- लामखुट्टे प्रभावित क्षेत्र मा बस्नु परेको छ भने साँझ बिहान हुने लामखुट्टे को टोकाई बाट जोगिन लामो बाहुला भएका कपडा लगाउने वा खुला देखिएका शरीर का अंगहरु मा लामखुट्टे भगाउने खालका क्रीम लगाउने । एन,एन-डाइइथाइलमिथाइलटोल्युमाइड भएको क्रीम प्रभावकारी देखिएको छ । तेसका लागि नेपाली बजार मा ओडोमस पाइने गरिएको छ ।
- घर वरिपरि पानी जम्न नदिने । खाल्डा-खुल्डीहरु भए पुर्ने ।
- घर भित्र का कुनाकाप्चा मा लामखुट्टे मार्ने खालका विषादि स्प्रेहरु छर्कने । तर स्प्रे को प्रयोग गर्दा बालबच्चा तथा बूढाबूढी एवं गर्भवती महिला लाई कत्ति पनि असर नपरोस् भन्ने तिर ध्यान दिनु जरुरी हुन्छ ।
- राती सुत्दा झुल वा इलेक्ट्रिकल मस्क्वीटो म्याट वा लामखुट्टे भगाउने धूप को प्रयोग गर्ने ।
परिचय :
पहिले पहिले हाम्रो समाज मा औलोज्वरो का नामले प्रसिद्ध यो रोग अहिले आएर मलेरिया का नाउँले बढ्ता चिन्न थालिएको छ । वास्तव मा मलेरिया एस रोग को अंग्रेजी नाउँ हो । प्रोटोजोआ वर्ग मा पर्ने एक परजीवी लामखुट्टे बाट मानिस मा सरेर लाग्ने यो रोग को प्रमुख लक्षण भनेकै चर्को ज्वरो आउनु हो । विगत मा औलो लाग्छ भनेर मानिसहरु नेपाल को पहाडी भूभाग बाट तराई झर्नै डराउने प्रचलन थियो । तर अहिले तराई मा मात्रै होइन जलवायु परिवर्तन तथा बसाईसराई का कारण पहाड तिर पनि औलो को प्रकोप देख्न थालिएको छ ।
संक्रमित पोथी एनोफिलिस लामखुट्टे ले टोक्दा यो रोग लाग्ने हो । तेसैले जहाँ जहाँ एनोफिलिस लामखुट्टे पुग्छन् त्यहाँ त्यहाँ यो रोग पनि पुग्छ । यो लामखुट्टे प्रायः गर्मी ठाउँ मा या गर्मी मौसम मा बढ्ता देखिन्छ । तेसैले नेपाल को तराई भाग मा अद्यापि यो रोग को प्रकोप पहाडी भूभाग मा भन्दा बढी देखिएको छ । नेपाल का १० वटा जिल्ला मात्रै जोखिम रहित मानिएको छ । बाँकी ६७ जिल्लाहरु मध्ये १४ उच्च जोखिम, १८ मध्य जोखि र ३५ कम जोखिम भएका जिल्ला का रुप मा वर्गीकरण गरिएको छ ।
विश्व स्वास्थ्य संगठन को निर्णय अनुसार हरेक वर्ष अप्रिल २५ तारीख लाई विश्व औलो दिवस का रुप मा मनाउने गरिएको छ । सन् २०३० सम्म मा औलो बाट हुने मृत्यु लाई ९० प्रतिशत घटाउने लक्ष्य विश्व स्वास्थ्य संगठन को छ भने सन् २०२५ सम्म मा नेपाल लाई औलो मुक्त देश बनाउने लक्ष्य नेपाल सरकार ले लिएको छ । एसको समस्या छिमेकी मुलुक भारत मा निकै चर्को देखिएको छ ।
कसरी औलो लाग्छ ?
यी परजीवीहरु स्पोरोज्वाइट का रुप मा लामखुट्टे को र्याल ग्रन्थी हुँदै मानिस को शरीर मा प्रवेश गरे पछि कलेजो मा पुग्दछन् । कलेजो मा ती स्पोरोज्वाइट बाट असंख्य परजीवी बन्दछन् । कलेजो मा वृद्धि भएका ती परजीवीहरु रगत मा मिसिन्छन् र राता रक्तकोष मा प्रवेश गर्छन् । राता रक्तकोष मा छँदाछँदै तिनको पुनः वृद्धि हुन्छ र राता रक्तकोष लाई फोरेर बाहिर निस्कन्छन् । जसले गर्दा राता रक्तकोष को मृत्यु हुन्छ । फल्सिपरम नामक जात को परजीवी ले मस्तिष्क का कोषहरु लाई समेत प्रभावित पार्ने हुँदा त्यो परजीवी बाट हुने मलेरिया लाई सेरेब्रल मलेरिया, Celebral Malaria, भनिन्छ । मलेरिया बाट संक्रमित रोगीहरु बाट मलेरिया का ग्यामेटोसाइटहरु लामखुट्टे ले पुनः टोकेका बेला लामखुट्टे मै सर्दछन् । एसरी यी परजीवीहरु को जीवनचक्र एनोफेलिस लामखुट्टे र मानिस मा गरेर पूरा हुन्छ । यो नै हाम्रा लागि औलो लाग्ने कारण बन्छ । विरलै मात्रा मा अस्पताल मा हुने असावधानी का कारण मलेरिया लागेका बिरामी को रगत झिके पछि सोही सुई ले स्वस्थ मानिस को रगत झिक्दा सर्ने गर्थ्यो । तेसैले आजकल अस्पतालहरु मा डिस्पोजेबल सिरिन्ज को प्रयोग गर्ने गरिन्छ ।
सामान्य लक्षण :
लामखुट्टे बाट मलेरिया का परजीवीहरु स्वस्थ मानिस मा प्रवेश गरेको १०-१५ दिन पछि मात्रै संक्रमित व्यक्ति मा विभिन्न लक्षणहरु देख्न थालिन्छ । तिनमा सामान्य लक्षणहरु एसप्रकार छन् –
खतरा को संकेत :
यदि बिरामी मा निम्न लक्षणहरु देखिए भने तेसलाई खतरा को संकेत मान्नु पर्छ –
कारण :
लामखुट्टे बाट मलेरिया का परजीवीहरु स्वस्थ मानिस मा प्रवेश गरेको १०-१५ दिन पछि मात्रै संक्रमित व्यक्ति मा लक्षणहरु देख्न थालिन्छ । एनोफेलिस जात को पोथी लामखुट्टेले स्वस्थ मानिस मा टोक्दा मलेरिया का परजीवीहरु सर्ने सम्भावना हुन्छ । यो रोग प्लाज्मोडियम नामक परजीवी का विभिन्न जातहरु बाट हुने गर्दछ । मुख्य गरेर प्लाज्मोडियम का चार जातहरु मानिस मा औलो वा मलेरिया गराउन जिम्मेवार पाइएका छन् –
तर नेपाल मा भने प्लाज्मोडियम भाइभ्याक्स र प्लाज्मोडियम फल्सिपरम गरी दुई जात का परजीवीहरु मात्रै भेटिएका छन् । यी दुई मध्ये फल्सिपरम जात को परजीवी बाट हुने औलो बढ्ता खतरनाक र ज्यानै लिने खालको मानिन्छ । प्लाज्मोडियम फल्सिपरम द्वारा हुने संक्रमण का कारण लाग्ने औलो ले मस्तिष्क लाई नै आक्रमण गर्ने हुँदा यो प्राणघातक भएको हो ।
निदान :
मलेरिया को निदान गर्दा सर्वप्रथम बिरामी लामखुट्टे को प्रकोप हुने स्थान मा भए नभएको बुझिन्छ । तत्पश्चात् बिरामी को रगत को जाँच गरेर मलेरिया का जीवाणु भए नभएको पत्ता लगाइन्छ । नेपाल मा एसको जाँच सरकारी अस्पतालहरु मा निःशुल्क गर्ने व्यवस्था छ ।
उपचार :
नेपाल मा मलेरिया को उपचार पनि निःशुल्क गर्न थालिएको छ । एसको उपचार गर्दा कुन जात को परजीवी का कारण रोग लागेको हो सो पत्ता लगाएर सोही मुताबिक औषधि सेवन गराइन्छ । एसको मुख्य औषधि का रुप मा क्लोरोक्वीन प्रसिद्ध भए पनि कतिपय ठाउँ मा परजीवी ले औषधि का विरुद्ध प्रतिरोध क्षमता विकास गरेका कारण ठाउँ हेरी औषधि को चयन गर्नुपर्ने हुन्छ । अन्य औषधिहरु मा प्रिमाक्वीन, मेफ्लोक्वीन, टेट्रासाइक्लिन, डक्सिसाइक्लिन, क्वीनिन आदि पर्दछन् । ज्वरो कम गर्नका लागि प्यारासिटामोल तथा इबुप्रोफेन आदि ज्वरो घटाउने औषधि को प्रयोग गरिन्छ । गर्भवती महिला तथा बच्चा को उपचार गर्दा बढ्ता ध्यान दिनु आवश्यक देखिएको छ ।
रोकथाम :
यो रोग लामखुट्टे को टोकाई बाट मात्रै लाग्ने भएकाले यो रोग लाग्न बाट जोगिन का लागि लामखुट्टे को टोकाई बाट जोगिनु नै रोकथाम को मुख्य उपाय हो । लामखुट्टे बाट जोगिन का लागि निम्न उपायहरु अपनाउनु आवश्यक देखिन्छ –
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्