- असुरक्षित यौन सम्पर्क
- एचआईभी संक्रमित आमा को गर्भ
- एचआईभी संक्रमित व्यक्ति को रगत
- एचआईभी संक्रमित आमा को दूध
- असुरक्षित तरीका ले टाटू गर्दा
- चुम्बन
- लामखुट्टे ले टोकेर
- एक आपस मा हात मिलाउँदा वा अँगालो मार्दा
- एक अर्का को जुठो खाँदा
- सँगै पौडी खेल्दा
- सुरक्षित तवर ले यौन सम्पर्क गर्दा
- समान रुमाल को प्रयोग गर्दा
- परिवार मा सँगै बस्दा
- ज्वरो आउने
- थकाई लाग्ने
- घाँटी दुख्ने
- पखाला लाग्ने
- वजन घट्ने
- कुपोषण का लक्षण देखिने
- मुख तथा घाँटी मा काई आउने आदि ।
- सुरक्षित तबर ले यौन सम्पर्क राख्ने ।
- सुई लगाउँदा तथा हजाम को मा गएर दारी कपाल फाल्दा नयाँ सुई एवं नयाँ रेजर को प्रयोग गर्न लगाउने ।
- यदि महिला एचआईभी संक्रमित छन् भने गर्भधारण नगर्ने ।
- रगत चढाउँदा रगत मा संक्रमण भए नभएको यकीन गर्ने । आजकल ब्लड बैंकहरु मा रगत मा एचआईभी तथा हेपाटाइटिस बी भाइरस भए नभएको जाँच गर्ने चलन छ ।
- सकेसम्म टाटू नगर्ने र गर्नै मन लागेमा पनि सावधानी अपनाउने ।
परिचय :
स्वास्थ्य का क्षेत्र मा सम्पूर्ण विश्व को ध्यान तानिएका केही समस्या मध्ये एचआईभी एड्स पनि एक हो । एचआईभी अर्थात् H-I-V को विस्तारित रूप ह्युम्यान इम्युनोडिफिसियन्सी भाइरस Human Immunodeficiency Virus हो भने एड्स अर्थात् A-I-D-S को विस्तारित रूप एक्वाइर्ड इम्युनोडिफिसियन्सी सिन्ड्रोम Acquired Immunodeficiency Syndrome हो । दुवै अलग अलग विषय हुन् । तर दुवै लाई मिलाएर एचआईभी का कारण हुने रोग लाई एड्स भनिन्छ भन्न सकिन्छ । किनकि ह्युम्यान इम्युनोडिफिसियन्सी भाइरस को संक्रमण बाट एक्वाइर्ड इम्युनोडिफिसियन्सी सिन्ड्रोम हुनछ ।
यो एस्तो रोग हो जसले हाम्रो रोग प्रतिरोध क्षमता लाई नष्ट गर्छ र हामीलाई जुनसुकै रोग ले पनि सजिलै आक्रमण गर्न सक्ने खालको कमजोर बनाउँछ । एचआईभी शरीर भरि फैलिने भए पनि संक्रमित मानिस को वीर्य यौनरस रगत तथा स्तन बाट निस्कने दूध का माध्यम ले अर्को व्यक्ति मा सर्ने गर्दछ ।
एचआईभी ले रोग सँग लड्ने प्रतिरोधात्मक कोषिकाहरु सीडी फोर (CD) 4 लाई नाश गर्ने काम गर्छ । एसका कारण एचआईभी बाट संक्रमित भएका मानिस को रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदै जान्छ । इनको संक्रमण पश्चात् संक्रमित मानिस मा कुनै लक्षण देखिन पनि सक्छ र नदेखिन पनि सक्छ । देखिए पनि र नदेखिए पनि एचआईभी का कारण हुने रोग लाई एड्स भनिन्छ । एचआईभी भनेको भाइरस हो र एड्स भनेको तेसबाट सिर्जित अवस्था हो । एस्तो अवस्था कि जस्तो सुकै रोग लाग्दा पनि शरीर ले कुनै प्रतिरोध देखाउन सक्दैन । साना भन्दा साना रोग पनि प्राणघातक बन्न पुग्छन् ।
जुनसुकै उमेर समूह का र जुनसुकै लिङ्ग समूह का मानिस लाई यो रोग लाग्ने भए पनि पुरुष का अपेक्षा महिलाहरु यो भाइरस बाट बढी संक्रमित भएको तथ्यांक छ । एड्स का बारे मा जनचेतना फैलाउने उद्देश्य ले हरेक वर्ष डिसेम्बर एक तारीख का दिन विश्व एड्स दिवस मनाउने गरिन्छ । नेपाल मा एचआईभी नियन्त्रण को कार्यक्रम शुरु भएको बाइस वर्ष भइसकेको छ । नेपाल सरकार ले एचआईभी संक्रमण का औषधिहरु निःखुल्क वितरण गरिरहेको छ । तेस्तै एस सम्बन्धी रक्तपरीक्षण का सेवाहरु पनि निःशुल्क छन् ।
कारण
एचआईभी बाट शरीर का महत्त्वपूर्ण अङ्गहरु तथा प्रतिरोधी सीडी ४ कोषहरु मा आक्रमण भए पछि शरीर मा ती भाइरस को वृद्धि तिव्रता सँग हुन थाल्छ । भाइरस को वृद्धि मा व्यक्ति को उमेर, तन्दुरुस्ती, वंशानुगत गुण आदि ले भूमिका खेल्दछन् । यी भाइरसहरू हावा का माध्यम बाट हाम्रो शरीर मा प्रवेश गर्ने होइनन् । स्वस्थ व्यक्ति मा यी भाइरस सर्न का लागि निम्न माध्यम को आवश्यकता पर्दछ –
तर निम्न कारण बाट भने एचआईभी सर्ने गरेको पाइएको छैन –
एड्स का लक्षण
एचआईभी ले आक्रमण गर्दै मा एड्स का लक्षणहरु देखिन्छन् भन्ने छैन । कसैमा एचआईभी संक्रमण भएको केही साता वा महिना मै एड्स हुन सक्छ भने कतिपय मा शरीर मा एचआईभी को संक्रमण हुँदा हुँदै पनि वर्षौं सम्म एड्स का कुनै लक्षण नदेखिन पनि सक्छ । कतिपय मा देखिने केही सामान्य लक्षणहरु निम्न प्रकार का छन् –
रोग को निदान
रगत को जाँच गरे पछि एचआईभी को संक्रमण भए नभएको यकीन हुन्छ । सँगसँगै डाक्टर ले शरीर मा भाइरस को मात्रा कति छ र रोग प्रतिरोधात्मक कोषहरु को संख्या (CD4 count) कति छ भन्ने कुरा पनि रगत को परीक्षण बाट पत्ता लगाउने छन् ।
उपचार
आजसम्म एसलाई पूर्ण रूप ले निको पार्ने औषधि बनेको छैन । तर शरीर मा एसको वृद्धि लाई रोक्ने औषधिहरु बनिसकेका छन् । यी औषधि बाट गरिने उपचार लाई एआरटी अर्थात् एन्टी रिट्रोभाइरल थेरापी का नाम ले जानिन्छ । इनले शरीर मा भएका एचआईभी को संख्या लाई नियन्त्रण मा राखी शरीर को रोग प्रतिरोधात्मक शक्ति लाई सामान्य राख्न र एड्स को अवस्था मा पुग्न बाट बचाउँछन् । चिकित्सक को सल्लाह लिएर यो थेरापी को प्रयोग गर्न सकिन्छ । यो थेरापी बाट एचआईभी संक्रमित व्यक्ति ले लामो समय सम्म स्वस्थ जीवन बिताउन सक्ने छन् । यो चिकित्सा लिएका मध्ये ९० प्रतिशत को जीवन जोगिएको पाइएको छ ।
एचआईभी संक्रमित ले सन्तुलित तथा पोषिलो खानपान हलुका व्यायाम तथा प्रशस्त आराम गर्नु लाभदायक हुन्छ ।
एचआईभी को संक्रमण बाट कसरी जोगिने ?
कुनै पनि रोग लागे पछि उपचार गर्नु भन्दा रोग नलाग्दै सो बाट जोगिने उपायहरु अवलम्बन गर्नु बुद्धिमानी हुन्छ । एचआईभी को संक्रमण बाट जोगिन का लागि निम्न उपाय अपनाउनु उचित हुन्छ –
यस रचना का बारे मा आफ्नो प्रतिक्रिया पठाउनुहोस्