‘निरोगी नेपाल’ मा यहाँलाई स्वागत छ ।

निरोगी नेपाल मा यहाँलाई स्वागत छ । तपाईं यस साइट मा हुनु हाम्रा लागि मात्र नभएर तपाईंका लागि पनि खुशी को कुरा हो ।

जनसंख्या का तुलना मा योग्य स्वास्थ्यकर्मी को अभाव हुनु विकासशील देशहरु का लागि एक स्थायी समस्या हो । उदाहरण का लागि नेपाल मा हरेक ६००० जनता का भाग मा मात्र १ जना डाक्टर पर्दछन् । तेसमाथी अधिकांश डाक्टरहरु शहर मै मात्र केन्द्रित हुने अवस्था ले ग्रामीण तथा दुर्गम क्षेत्र का जनताहरु आधारभूत स्वास्थ्य सेवा बाट समेत वञ्चित रहन बाध्य छन् । यस हिसाब ले सोच्दा ती क्षेत्र का ६०,००० (शहर का तुलना मा दश गुणा बढी) जनता का भाग मा मात्रै १ जना डाक्टर पर्दा हुन् । जहाँ सेवाग्राही र सेवाकर्मी का बीच यति ठूलो अन्तर छ त्यहा बिरामी को हालत कति गए गुज्रेको होला ? बिरामी ले पाउने चिकित्सकीय सेवा कति दयनीय होला ? तपाईं विकासशील मुलुक का कुनै पनि दूर दराज का सरकारी अस्पताल मा पुग्नुभयो भने बिरामीहरु को देखभाल र सुविधा को दयनीय अवस्था सहजै देख्नु हुनेछ ।

 

त्यसैले हामीलाई लाग्यो, हामीले केही गर्नै पर्छ । तर के गर्ने ?

 

यो प्रश्न ले हामीलाई बारम्बार सताइरह्यो । आखिरमा हामी एउटा टुंगो मा पुग्यौं,  सूचना प्रविधि को सहायता लिएर हर ठाउँ मा पुग्ने । तब हामीले यो प्रोजेक्ट को परिकल्पना गर्यौं । जसको मूर्त रुप तपाईंका सामुन्ने छ ।

 

हाम्रो प्रोजेक्ट को लक्ष्य भनेकै स्वास्थ्य सम्बन्धी जानकारी हर कोही सर्वसाधारण का पहुँच मा पुर्याउने हो । यही उद्देश्य को परिपूर्ति का लागि यो वेभसाइट को निर्माण गरिएको हो । यहाँ उपलब्ध जानकारी को उपयोग गरेर जो कोही पनि आँफूलाई तथा आफ्ना आत्मीय परिवारजन लाई रोग बाट जोगाउन तथा रोग लागिसकेको भए त्यसबाट छुटकारा दिलाउन केही हदसम्म सक्षम हुने छन् । About His assignment writing service.

essay writing
write my essay
write my essay for me
write my essay online
write my paper